म सुशील अर्याल,

सञ्चारकर्ममा विगत दुई दशकभन्दा अगाडिदेखि क्रियाशील छु । केही सिक्दै छु । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथा हुँदै सञ्चारयात्रा सुरु भयो । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन च्यानल, सगरमाथा टेलिभिजन, न्यूज२४ टेलिभिजन, हिमालय टेलिभिजनमा गरी करिब दुई दशक केही कामहरु सिकेँ । हाल सञ्चारक्षेत्रको कान्छो विधा अनलाईन न्यूजपोर्टल न्यूजपोलार डककम र ईन्यूजपोलार डटकममा आबद्ध छु । यसैगरी क्यामरा र कलम जोडिने सबै कार्य गर्दै आएको छु । सञ्चारको यो विशाल विश्वविद्यालयमा अनवरतरुपमा सिक्ने र आफूले जानेका कुरा सिकाउने कर्म जारी नै छ । सिक्नुपर्ने धेरै छ । बुझ्नुपर्ने निकै छ । यही यात्रामा अघि बढिरहेको छु ।

 

भिडियो

सामाजिक संजाल

सोसल मिडिया

सल्लाहा सुझाव तथा प्रतिक्रिया र दैनिक अपडेटहरुका लागि मेरो सोसल मिडिया पेजहरुमा जोडिनुहोला ।