गोरखामा दिनदिनै विजयी विगुल

गोरखामा दैनिक विजयी बिगुल बज्नेगर्छ अहिले । त्यसो त दिनदिनै गोरखाले विजय प्राप्त गरेका कथाहरु जन्मिँदैनन् । हारेकै पनि कहाँ छ र गोरखाले ? गोरखाले हारेको इतिहास कहीँ भेटिँदैन । सायद त्यसैले होला अहिले दिनदिनै विजयी विगुल बज्दैछ गोरखामा ।

गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा सूर्योदय र सूर्यास्तको समयमा  बज्ने गर्छ यो बिगुल । गएको पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिकसँगै नेपालको नक्सा अंकित मनोग्राम र नेपालको झण्डा राखिएको स्थानमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण गर्न सुरु गरेको छ । त्यसयता यहाँ दैनिक विजयी बिगुल बज्ने गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *