राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको हो ।

राष्ट्रपतिले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।