चाँगुनारायणको यात्रा

चाँगुनारायण 

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग(तेलकोट डाँडा(चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।

नामाकरण
चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ । परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन । लिच्छवि कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा ‘चाँपुलाई -चु र ‘वनुलाई -गुँ भनिन्छ । त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो । सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ ।

इतिहास
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि।सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए ।

वास्तुकला
यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यो लिच्छविकालीन वास्तुकलाको नमुना हो । समय समयमा यसको जीर्णोद्धार हुँदै आएको छ । मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो । पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो ।

यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरू रहेका छन् । दुवै तल्लामा चालिस टॅुडालहरू रहेका छन् । प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् । माथिल्लो तहमा रुख(लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरू), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् ।

तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरू रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ(बायाँ नखुल्ने ढोकाहरू बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरू पनि खुला गरिन्छ । ढोकाका दायाँ(बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरू राखिएका छन् । ढोकाहरूको माथि धातुवाट बनेका तोरणहरूमा विभिन्न कलाकृतिहरू कुँदिएका छन् ।

यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ ।

विकिपिडियाबाट साभार

 

 

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *