नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल

टोनी हेगन(१९१७-२००३) स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद्यावारिधि गरेका हुन्। त्यसपछि उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा खोज विशेषज्ञका रूपमा काम गरेका थिए। तत्पश्चात उनी पहिलो पटक १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा आएका थिए। सन् १९५२ मा उनी नेपाल सरकारको मातहतमा र संयुक्त राष्ट्र सङ्घको तर्फबाट समेत नेपाल सम्बन्धि खोज र अनुसन्धानमा ब्यस्त रहे। उनी नै नेपालको भौगोलिक खोज र अनुसन्धान गर्ने पहिलो विदेशी नागरिक हुन्। त्यसैले उनलाई नेपाल विशेषज्ञ पनि भनेर पनि चिन्ने गरिन्छ। उनले नेपालको अधिकाङ्श भुभागको पैदल यात्रा समेत गरेर त्यहाँको भौगोलिक र सांस्कृतिक अवस्थाको बारेमा बृहत खोज र अनुसन्धान गर्ने काम गरेका थिए। यहि गहिरो खोजका आधारमा उनले नेपालको सांस्कृतिक विविधताको बारेमा मौन वृत्तचित्र फिल्म समेत बनाएका थिए। जसलाई पछि उनले आफ्नै आवाजमा अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेका थिए। यस्तै सन् १९९९मा उनले आफ्नै बारेमा “The Ring of the Buddha” नामक वृत्तचित्र बनाए, जसमा उनले साठीको दशकमा नेपालमै खिचेका तस्बीर र भिडियोहरू सामेल गरेका थिए।

नेपाललाई धेरै नजीकबाट नियालेका हेगनले “नेपाल” नामक पूस्तक सहित अरु थुप्रै पूस्तकहरू समेत लेखेका छन्। स्विट्जरल्यान्डमा जन्मिए पनि नेपाललाई कर्मथलो बनाएर नेपाल र नेपालीलाई माया गर्ने हेगनको अप्रिल १८ सन् २००३ मा निधन भयो। सााभार –विकिपिडिया,

स्व. टोनी हेगनका छोरी डा। क्याट्रिना हेगन टोनी हेगन फाउण्डेशन मार्फत नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । चार बर्षका पहिलो पटक  बुवा संग नेपाल आउनु भएकी क्याट्रिना करिब ४० पटक भन्दा बढी पटक नेपाल आईसक्नु भएको छ । उनै क्याट्रिनासंग २०७९ मंसिर ३ गते होटल द्वारीकामा भेट भएको थियो । साथमा बरिष्ठ चिकित्सक डा कैलाश भण्डारी र राससका प्रधानसम्पादक एकराज पाठक पनि हुनुहुन्थो ।

आजभन्दा ६२ वर्ष भन्दा अगाडी नेपालको बिभिन्न भूभागको १४ हजार किमी यात्रा गरेका स्व. टोनी हेगन द्वारा खिचिएका तस्विर तथा भिडियो आज हाम्रो सजिव इतिहास झै भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *