एक महिने अमेरिका यात्रा यस्तो रह्यो

२०८० साल बैशाख २६ गते देखी जेष्ठ २७ गते (२०२४ मे ९ बाट जुन १०)अमेरिकाको बिभिन्न स्थानको भ्रमण गरियो ।

काठमाडौं बाट कतारको दोहा हुदै सिकागो बाट नर्थ क्यारोलिना बाट आयोवा पुगियो । भजित अभिषेकको दिक्षान्त समारोहमा सहभागी हुदै दोस्रो दिन नेपाली समुदाय र सहकर्मी संग पिकनिकमा रमाईलो गरियो ।

 

मे १५ बाट चर्चित पर्यटकिय स्थल बफेलो पुगियो ।

मित्र लोकनाथ अधिकारीको आतिथ्यतामा नायग्रा फल्स मे १६ मा घुमियो साथै मिसिसिपी नदि पुगियो । जंगल सफारी भयो । साथै नायग्रा नजिक रहेका मित्र ईना गौतमको निबासका समेत पुगियो ।

मे १७ मा दिउसो १ बजे तिर बस मार्फत न्यूयोर्क पुगियो । बहिनी शोमा देबकोटाको निबासमा बसियो । मे १८ र १९ मा मित्र अनुज थापाले अमेरिकाको महत्वपूर्ण स्थालहरु भ्रमण गराए ।

मे २० मा साँझ बस मार्फत बाल्टिमोर पुगियो । दाजु मनोज पण्डितको बसियो । मे २१ मा डिसिको महत्वपूर्ण स्थानहरु ह्वाईट हाउस , लगायत महत्वपूर्ण स्थानहरु घुमियो ।

२२ मा भाई मनोजसंग बाल्टिमोरका बिभिन्न स्थानहरु घुमियो । मे २३ गते डिसी बाट ट्रेन मार्फत भाई सुजनको निबास अर्थ क्यारोलिना पुगियो । मे २४ गते नर्थक्यारोलिनको महत्वपूर्ण स्थानहरु घुमियो । मे २५ मा पनि सोहि स्थानमा बिभिन्न घुमियो ।

 

मे २६ गते अर्को राज्य फ्लोरिडा पुगियो । फ्लोरिडाको अर्याल्डोमा दाजु बिकास देबकोटाको निबासमा पुगियो । मे २७ मा फ्लोरिडाको बिभिन्न स्थानहरु घुमियो ।

मे २८ मा बिहानै बिमान मार्फत पुन सिडा र्यापिड बिमानस्थल पुगियो । पुन आयोवा स्थित निबास पुगियो ।
आयोवा पुगेको केही दिन पारिबारिक बसाई भयो । मे २९मा आयोवा स्टेट क्यापिटल भबन हेर्न पुगियो ।जुन १मा डेभेनपोर्ट स्थित मामा राधेश पण्डितको निबासमा पुगियो र फर्कने क्रममा मिसिपि नदिमा जल बिहार गरियो । जुन ३ मा मित्र प्रदिप कसपालको आतिथ्यतामा मेक्सिकन खाना खाईयो ।

जुन ४ मा आयोवामा रहेको महर्षि बिश्व बिद्यालयको भ्रमण गर्नुका साथै अमेरिकाको रैथाने जीबन शैली रहेको कोलोना भिजेन पनि पुगियो । जुन ५ मा दाजु राजेन्द्र अर्यालको निबास रहेको विस्कंसन पुगियो । जुन ६ गते मध्यान्न तीर पुन आयोवा आईपुगियो । जुन ६ देखी जुन १० सम्म पारिबारिक बसाई पछि जुन ११ गते पुन सिडा र्यापिड, सिकागो , दोहा हुदै काठमाडौ आईपुगियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *