Articles 15 September, 2024 1 Min Read

चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगल

Written By

kit

चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगल

चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने ‘स्टोन फरेस्ट’ अर्थात् ढुंगाको जंगलमा  । स्टोन फरेस्ट अर्थात् ढुंगाको जंगल । त्यो पनि विश्व प्रसिद्ध । नामले जति अनौठो छ, यसको प्राकृतिक बनोट र सौन्दर्य पनि उत्तिकै आकर्षक । चीनको दक्षिण पूर्वस्थित युन्नान प्रान्तमा पर्ने यस जंगललाई विश्वकै आश्चर्यका समेत लिइन्छ ।

युन्नान प्रान्तको सदरमुकाम खुन्मिङ सहरदेखि ८७ किलोमिटर पूर्वको सिलिन यी स्वायत्त काउन्टीस्थित ३ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्यावरणीय पार्क नै ढुंगाको जंगल हो । यस क्षेत्रमा ढुङ्गाका स-साना बिरुवादेखि ५० मिटर अग्ला ढुङ्गाका रूखसम्म छन् । आकृति पनि फरक फरक छ । कुनै धरहराजस्ता चुच्ची त कुनै च्याउजस्ता छाता आकारका छन् । मान्छे र विभिन्न प्राणीको आकृति झल्काउने पनि छन् ।

ठाउँ ठाउँका स-साना पानीका तलाउ छन् जहाँ अग्ला ढुङ्गाका आकर्षक प्रतिविम्बहरू देखिन्छ । ढुङ्गाघारीका बीचमा फराकिला र सफा बाटोहरू छन् । त्यहाँ थकाइ मार्ने र फोटो खिच्नका लागि विभिन्न ठाउँहरू निर्धारण गरिएका छन् ।
सन् २००७ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राखेको छ । चीनका ख्यातिप्राप्त पर्यटकीय स्थलमध्येमा पर्ने यस पार्कमा वाषिर्क ३० लाख सरदर पर्यटकले भ्रमण गर्छन् । २७ करोड वर्षपहिले समुद्रबाट यसको उत्पत्ति भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । लगभग बीस लाख वर्षअगाडि समुद्रको पानी सुक्दै र चुनढुङ्गाहरू बिलाउँदै गएर अहिलेको आकृति बनेको त्यहाँको सूचनापाटीमा उल्लेख छ ।