Uncategorized

फूलको व्यापार

काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । स्वयम्भूको भगबानपाउमा मौषम अनुसारको फूलको बिक्रि गर्ने गर्दछन् । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन ।  

साँझको बसन्तपुर

काठमाडौको एक प्रमुख पर्यटकिय क्षेत्र बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहल पहल बढेको छ।अझ साँझ पनि बसन्तपुर तर्फ टहलिने र यस क्षेत्रको सुन्दरता नियाल्नेहरुको उल्लेख जमघट हुन्छ ।  

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार

यहाँ उत्पादन भएको तरकारीहरु व्यापारीहरुले बिशेष गरेर काठमाडौ ल्याउछन् । यहाँ अकबरे खुर्सानी , काउली , काक्रो , मुला , इस्कुस बरेला लगायतका तरकारी उत्पादन गरेको छ । तस्वीर- सुशील अर्याल