Uncategorized

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल

टोनी हेगन(१९१७-२००३) स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद्यावारिधि गरेका हुन्। त्यसपछि उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा खोज विशेषज्ञका रूपमा काम गरेका थिए। तत्पश्चात उनी पहिलो पटक १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा …

नेपाल भ्रमण गर्ने पहिलो विदेशी टोनी हेगन, उनकाे परिवार र नेपाल Read More »

यस बर्षको लक्ष्मीपूजा पर्व यसरी मनाईयो

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाईयो । IMG_5666

फूलको व्यापार

काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । स्वयम्भूको भगबानपाउमा मौषम अनुसारको फूलको बिक्रि गर्ने गर्दछन् । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन ।  

साँझको बसन्तपुर

काठमाडौको एक प्रमुख पर्यटकिय क्षेत्र बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहल पहल बढेको छ।अझ साँझ पनि बसन्तपुर तर्फ टहलिने र यस क्षेत्रको सुन्दरता नियाल्नेहरुको उल्लेख जमघट हुन्छ ।  

मकवानपुरको फाखेलमा राजमार्ग छेउमा रहेको तरकारी बजार

यहाँ उत्पादन भएको तरकारीहरु व्यापारीहरुले बिशेष गरेर काठमाडौ ल्याउछन् । यहाँ अकबरे खुर्सानी , काउली , काक्रो , मुला , इस्कुस बरेला लगायतका तरकारी उत्पादन गरेको छ । तस्वीर- सुशील अर्याल